सामान्यतः कुनै पनि काम गर्न योग्य व्यक्ति काम गर्ने इच्छा र तत्परता देखाउँदा समेत उसले काम गर्ने अवसर प्राप्त गर्दैन भने त्यसलाई बेरोजगार भनिन्छ । अर्को शब्दमा भन्ने हो भने शारीरिक तथा मानसिक रुपमा काम गर्न सक्षम उमेर पुगेका भुक्तानी प्राप्त हुने काम नपाएका सबै जनशक्तिलाई बेरोजगार भनिन्छ । वर्तमान समयमा नेपालका विभिन्न समस्याहरु मध्ये बेरोजगारी समस्या समेत एक प्रमुख समस्याको रुपमा रहेको देखिन्छ । नेपालको श्रम बजारमा प्रति वर्ष चार (४) लाख भन्दा बढी युवा श्रम बजारमा प्रवेश गर्दछन् तर दुर्भाग्य हाम्रो नेपालको रोजगारी वृद्धि दर ३.२५ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैधानिकरुपमा श्रम स्विकृत लिएर मात्रै प्रतिदिन करिब १ हजार देखि १५ सय युवाहरु रोजगारीको सिलसिलामा विदेश जान्छन् र प्रतिदिन लगभग ३ देखि १० जनाको शव विदेशबाट आएको तथ्याङ्कले देखाउँछ । ‘विदेशिनु रहर होइन्, बाध्यता होस्’ भन्ने युवा जमातको लागि बेरोजगारी समस्या अभिशाप तुल्य भएको पाइन्छ । नेपाली श्रमिक विदेशी भूमिमा गएर थ्री डी (डर्टी, डिफिकल्ट एण्ड डेन्जरस् काम गर्न बाध्य भएको पाइन्छ । वि.सं. २०७१ मा अर्...
जन दरबार दैनिक
राष्ट्र, राष्ट्रियता र श्रमिक जनतामा समर्पित